सन् २०२०/२०२१मा सम्पन्न भएका कार्यक्रमहरुः

१) कोभिड १९ः बिश्व माहामारीको रुपमा फैलिएको कोभिड-१९ बाट थलिएको व्यबसाय र आम जनमानसमा परेको प्रभावलाई र कोभिड-१९ को प्रभावबाट ठप्प भएको आर्थिक गतिविधि चयालयमान गर्नका लागी सङ्घसँग आबद्ध सदस्य ट्राभल एजेन्सीका एक जना लाई कोभिड बिमा गर्ने उदेश्य अनुरुप संघका सदस्य वा परिवारका सदस्य गरि १६२ जनाको कोभिड १९ को बिमा गरिएको थियो भने संघका संस्थापक अध्यक्ष श्री कृष्ण प्रसाद बास्तोला अस्वस्थ भई उपचार क्रममा रहँदा उहाँको स्थालाभको कामना सहित संघ बाट एव सदस्यहरु आर्थिक संकलन गरि सहयोग गरिएको थियो ।

२) अन्र्तक्रिया कार्यक्रमः
क) कोभिड १९ को प्रभावबाट ठप्प भएको आर्थिक चलायमान र संघ सँग आबद्ध सदस्यहरुले बिभिन्न बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋणको साँवा र व्याज भुक्तान गर्न असहज भएको र बित्तिय संस्थाहरुले ऋण भुक्तानीका लागी दिएको दवाब र विषम परिस्थितिका बारेमा जानकारी गराउँन सहुलिएत व्याजदरका लागी गत मितिः २०७७ श्राबण २६ गते नेपाल राष्ट्र बैंकका प्रमुख डा. महेश्वर ढकाल ज्यूको प्रमुख आथित्यतामा गण्डकी प्रदेशमा रहेका बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु संग अन्र्तक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको संयोजन गर्नु हुने संघका सचिव श्री संगिता पौडेल लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

ख) कोभिड १९ बाट परेको असरबाट पोखराको पर्यटन पुर्नउत्थानका लागी नाट्टा गण्डकी प्रदेश र नेपाल पर्यटक यातायात व्यबसायी संघ बिच गत मिति २०७७ आषाढ २६ गते संयुक्त बैठकको आयोजना गरिएको थियो ।

ग) कोभिड १९ का कारण थलिएको पर्यटन लाई चलाएमान बनाउँन बिभिन्न हवाई कम्पनीहरुले सस्तो प्याकेज निर्माण गरे अनुरुप उनिहरुका प्याकेजमा संघलाई समाबेस गराउँन एवं सहकार्यका लागी पोखरामा रहेका हवाई कम्पनीका प्रतिनिधिहरु बिच छलफल गरिएको थियो ।

घ) नाट्टा प्रदेश नं १ को आयोजनामा आन्तरिक पुर्नरुउत्थान प्रबद्र्धन भ्रमण अन्तर्गत देशका बिभिन्न पर्यटकिय स्थलहरुको भ्रमणको सिलशिलामा पोखरा आयोजित अन्तरक्रिया कार्यक्रम एवं बि टु बि मा सक्रिय सहभागीता जनाउँदै गत मिति २०७७ माघ १३ रात्रिभोज सहित पोखरामा स्वागत गरिएको थियो ।

३) पुर्व अध्यक्ष परिषद गठन: नाट्टा गण्डकी प्रदेश पोखराका पुर्व अध्यक्ष ज्यूहरुको संघका हरेका क्रियाकलापहरुमा सक्रिय सहभागीता एवं हरेका क्षणमा सक्रिय भुमिका महसुस गर्ने गरि गत मिति २०७७ श्राबण ०४ गते संघका पुर्व अध्यक्ष श्री ओम प्रकाश पाण्डे ज्यू को संयोजक, पुर्व अध्यक्ष श्री पशुपति शर्मा सह संयोजक एवं सम्पुर्ण पुर्व अध्यक्षहरु सदस्य रहने गरि नाट्टा गण्डकी प्रदेश पुर्व अध्यक्ष परिषद गठन गरियो ।

४) पर्यटन ऐन २०७६ः नेपाल सरकार बाट जारी गरिएको पर्यटन ऐन २०७६ संशोधन एवं पर्यटन र पर्यटकको परिभाषा सम्बन्धमा संशोधन गर्न सम्बन्धित निकायहरुमा छलफल, अन्तरक्रिया र पत्र मार्फत पहल गरिएको छ ।

५) स्वास्थ तथा सचेतनाः बिश्व माहमारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणका लागी गत चैत्र ११ गते देखि सरकारले जारी गरेको बन्दा बन्दि यहि श्राबण ०७ गते खुल्ला गर्ने सरकारले निर्णय गरेता पनि माहामारी फैलन सक्ने भएकोले कसरी सुरक्षित तबरले व्यबसाय एवं यातायात सञ्चालन गर्न सकिन्छ भन्ने उदेश्यले संघ संग आबद्ध व्यबसायीहरुलाई नाट्टा गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा सरकारी प्रोटोकोल अनुरुप आफ्नो व्यबसाय एवं यातायात संञ्चालन गर्ने सम्बन्धमा स्वास्थ सुरक्षा सचेतनामुलक प्रशिक्षण कार्यक्रम ९ज्भबतिज उचयतयअय िर ज्यकउष्तबष्तिथ एचयनचबm ० तालिम मिति २०७७ श्राबण २७ र २८ गते तदनुसार (ज्ञज्ञ त्य ज्ञद्द ब्गनगकत द्दण्द्दण्० सम्म सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संयोजन गर्नु हुने संघका सचिव श्री संगिता पौडेल लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

६) आम भेलाः कोभिड १९ का कारण संघ सँग आबद्ध सदस्यहरु संग व्यबसाय संचालन र व्यवसायीका समस्या सम्बन्धमा गत मिति २०७७ आश्विन ०२ गते भर्चुअल बिधिबाट जुम बैठकको आयोजना गरिएको थियो ।

७) पर्यटन दिवस: कोभिड १९ का कारण बिगतमा झै औपचारिक कार्यक्रम आयोजना गर्न नसकिए पनि माहामारी बाट नागरिकहरुलाई सुरक्षाको अनुभुति दिलाउँन सामाजिक उत्तरदायित्व महसुस गरि पोखराको पर्यटक बसपार्क र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्राङगणमा पानि ट्याङिक र स्वास्थ सुरक्षा सामाग्री राख्नुका साथै जिल्ला ट्राफिक कार्यालय कास्की निर्माणाधिन भबन सहयोगार्थ र पोखरा सिटी टुर गाईड एशोसिएसन लाई आर्थिक सहयोग उपलब्ध गराईएको थियो ।

८) भ्रमण प्याकेज निर्माणः कोभिड १९ को बिशम अबस्था सामान्यकरण नहुँदा सम्म गण्डकी प्रदेशको पर्यटकिय गतिबिधिलाई चलायमान बनाउँन पर्यटकिय सवारीको न्यून दररेट र भ्रमण प्याकेज निर्माण गरि पत्रकार सम्मेलन मार्फत प्रकासित गरिएको थियो । उक्त प्याकेज निर्माणको संयोजन गर्नु हुने संघका द्धितिय उपाध्यक्ष श्री किशोर दाहल ज्यू लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१०) शुभकामना आदान प्रदानः नेपालीहरुको महान पर्व बिजया दशमी २०७७ को पावन अबसरमा नाट्टा गण्डकी प्रदेश सदस्यहरु बिच शुभकामना आदान प्रदान एवं भाईचारा सम्बन्ध कायम राख्न बिषम परिस्थितिका कारण गत मितिः २०७७ कार्तिक ०८ गते भर्चुअल बिधिबाट शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संयोजन संघका महासचिव श्री कमला गिरीले गर्नुभएको थियो ।

११) टुरिष्ट गाईड तालिम २०७६ समापनः गत मितिः २०७६ पौष ०६ देखि माघ ११ ९ द्दद्द म्भअ।द्दण्ज्ञढ तय द्दछ वबल।द्दण्द्दण् ० गते सम्पन्न टुरिष्ट गाईड तालिमका समापन तथा प्रमाण पत्र बितरण कार्यक्रम कोभिड १९ का कारण गत मिति २०७७ पौष ०४ गते पोखरा १८ अबस्थित सराङकोट माउन्टेन लज मा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको सम्पन्न गर्न संयोजकको भुमिका निर्वाह गर्नु हुने संघका प्रथम उपाध्यक्ष श्री हरिराम अधिकारी ज्यूलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१२) रिभाईभल फर टुरिजम फाम टुर २०२०ः कोभिडबाट सुस्ताएको पर्यटनलाई चलायमान गर्नु पर्छ र संघका बार्षिक योजनाहरु लाई सुचारु गर्नु पर्छ भन्ने महसुस गरि नेपाल पर्यटन बोडको प्रबद्र्धनमा गत मिति २०७७ मंसिर १७ देखि २० गते सम्म च्भखष्खब िँयच त्यगचष्कm ँबm त्यगच द्दण्द्दण् गण्डकी प्रदेशका गोर्खा र तनहुँमा सफलता पुर्वक सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संयोजन गर्नु हुने संघका द्धितिय उपाध्यक्ष श्री किशोर दाहाल ज्यूलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१३) सक्रिय सहभागिता:
क) कोभिड १९ बाट मानबिय क्षति र आर्थिक अभावका कारण पर्यटन व्यबसाायमा पर्न सक्ने प्रभाव र भाबि कार्ययोजना सम्बन्धमा संघ संग आबद्ध सदस्य एवं पोखरामा रहेको पर्यटकिय संघ संस्थाहरु संग सहकार्य गर्दै व्यबसायीक हकहितका लागी सुरक्षा प्रबिधि अपनाएर व्यबसाय चलायमान बनाउँन सम्बन्धित निकायको ध्यानकार्षण गर्न बृहत शान्तिपुर्ण र्यालीमा सहभागीता जनाउँनुका साथै कोरोरा भाईरस सम्बन्धि क्यष्मिबचष्तथ ैैैकार्यक्रम अन्र्तगत सचेतामुलक कार्यक्रममा सहभागीता जनाईएको थियो ।

ख) नेपाल सरकारले शैक्षिक क्षेत्रमा पर्यटन लाई पनि समेटेर अध्ययनका लागी प्रकाशन गर्न लागेको पाठ्यक्रम प्रकाशन र करिकुलमका लागी ऋत्भ्ख्त् केन्दिय कार्यालयकाको प्रकाशन बिभागले पोखरा प्राबिधिक शिक्षालयमा आयोजित कार्यक्रममा संघका सदस्यहरुले सहभागीता जनाउँनु भएको थियो ।

ग) रेवान पोखराको आयोजनामा सम्पन्न २२ औं सडक महोत्सवमा सक्रिय सहभागीता जनाउँदै महोत्सवको अबसरमा आयोजित बिच भलिबल तथा नेपाली चलचित्र कर्मिहरु बिचको मैत्रिपर्ण फुटबलमा सहभागीता जनाईएको थियो ।

घ) पोखरा पर्यटन परिषदको आयोजनामा मित्र राष्ट्र भारतको सिलगुडीमा गत मिति मा सम्पन्न बंगाल ट्राभल मार्टमा संघका कोषाध्यक्ष श्री राजेश पहारी ज्यू संयोजकत्वमा संघको सहभागीता जनाउनु भएको थियो । संस्थागत एवं पोखरा पर्यटन परिषदको तर्फबाट संयोजकको भुमिका निर्वाह गर्नु हुने श्री राजेश पहारी ज्यूलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१४) नाट्टा क्षेत्रिय संघका सदस्यहरु: संघले गरेका प्रभावकारी कामको मुल्याङकन गर्दै हाल संघमा १८३ सदस्यहरु आबद्ध रहेका छन् । २५ औ बार्षिक साधारण पछि थप सदस्यहरुको नामवली यस प्रकार रहेको छ ।

१५) रक्तदान कार्यक्रमः नयाँ बर्ष सन् २०२१ को अबसर पारेर आन्तरिक पर्यटन प्रबद्र्धन गर्न च्यबम तय च्भखष्खभ भन्ने मुल नाराका गत मिति २०७७ पौष १५ गते ( ३० डिसेम्बर २०२० ) का दिन एक दिने खुल्ला रक्तदान सफलता पुर्वक सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न संयोजकको भुमिका निर्वाह गर्नु हुने संघका कार्यसमिति सदस्य श्री गणेश पोखरेल ज्यूलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१६) तालिमः
क) बिश्व माहामारी कोभिड १९ बाट थलिएको व्यबसाय र सरकार द्धारा जारी लामो बन्दा बन्दिबाट व्यबसायीहरुलाई परेको आर्थिक एवं मानसिक अशरलाई कम गर्न गत मिति २०७७ बैशाख २४ गते म्भउचभअबतष्यल,क्तचभकक ःभबलबनझभलत ःयतष्खबतष्यल तालिम भर्जुल प्रबिधीबाट सम्पन्न गरिएको थियो । उक्त तालिमम प्रशिक्षक को रुपमा सहयोग गर्नु हुने बरिष्ट प्रशिक्षक श्री राज बाबु शाह र कार्यक्रम संयोजक संघका सचिव श्री संगिता पौडेललाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

ख) कोभिड १९ को कारण जारि गरिएको बन्दाबन्दिको समयलाई सदुपयोग गरि संग संग आबद्ध सदस्यहरुलाई टिकेटिङमा दक्ष बनाउँने उद्देशयले गत मिति २०७७ बैशाख २८ गते बाट ३ दिन क्जबदचभ न्म्क् अनलाइन टिकेटिङ तालिम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संयोजन गर्नु हुने संघका कार्यसमिति सदस्य श्री सन्दिप श्रेष्ठ ज्यूलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

ग) कोभिड १९ का कारण सररकारले गरेको बन्दाबन्दिलाई सदुपयोग गर्न गत मिति २०७७ बैशाख २० गते लेखापरिक्षक श्री टिकाराम सापकोटा ज्यूको सहयोगमा भर्चुल प्रबिधिबाट कर सम्बन्धि आधारभुत तालिम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संयोजन गर्नु हुने संघका सचिव श्री संगिता पौडेल र पशिक्षकको भुमिका निर्वाह गर्नु हुने श्री टिकाराम सापकोटा लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

१७) पर्यटक बसपार्क निर्माणः नेपालको एक मात्र पर्यटक बस पार्कको रुपमा रहेको पोखरा पर्यटक बसपार्कको निर्माण कार्यलाई निरन्तरता दिन पोखरा महानगरपालिका, पर्यटन बिभाग, निर्माण कम्पनी र स्थानिय सरोकारवालाहरु संग पटक पटक बैठक बसि निर्माणका निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गरि उक्त बसपार्क सञ्चालनका लागी पर्यटकिय संघ संस्था बिषेश गरि नाट्टा गण्डकी प्रदेशको मातहतमा सञ्चालन का लगी बृहत मास्टर प्लान तयार गरी पोखरा महानगरपालिकामा प्रेसित गरिएको छ । बसपार्क निर्माण एवं सञ्चालनका लागी अहोरात्र खट्नु हुने संघका अध्यक्ष श्री सञ्जयकान्त सिग्देल ज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।

१८) बधाई ज्ञापनः संघका अध्यक्ष श्री सञ्जयकान्त सिग्देल नाट्टा केन्द्रको प्रादेशिक उपाध्यक्ष र संघका पदाधिकारी एवं सदस्य ज्यूहरु बिभिन्न संघ संस्थामा गरिमामय पदहरुमा निर्बाचित हुनु भएकोमा संघको कार्यालयमा बधाई कार्यक्रमहरु आयोजना गरिएको थियो ।

१८) नाट्टा क्षेत्रिय संघका बैठकहरु : यस संघको कार्यसमिति द्धारा जे जति पनि कार्यक्रम सम्पन्न गरियो त्यी सबै कार्यक्रमहरु आपसी छलफल र सहमतिबाट गरीएको र जसका लागि सल्लाहाकार सहित नियमित बैठक ८ र आकस्मीक, सयूक्त, अतिरिक्त बैठक सहित गरि कूल १५ बैठकहरु गणपूरक संख्या सहित सम्पन्न भएका छन् भने अन्य अनौपचारिक बैठकहरु समेत सम्पन्न गरिएको थियो ।