नाट्टा गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरा अन्तराष्ट्रिय बिमानस्थल अबलोकनमा सहभागी सम्पुर्ण लाई बिशेष आभार

नाट्टा गण्डकी प्रदेशको टोलीले निर्माणधिन पोखरा अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत भ्रमण तथा बिमानस्थल निमार्णको हालसम्मको अबस्थाका बारेमा जानकारी लिएको थियो। छलफल कार्यक्रममा संघका अध्यक्ष श्री सञ्जयकान्त सिग्देलले आफ्नो धारण राख्नु हुदै पोखराको गहनाको रुपमा रहेको बिमानस्थल तोकीएकै समयमा सम्पन्न हुने र सम्पन्न भई कोभिड बाट थला परेको अबस्थामा समयमानै काम सम्पन्न गरि सेवा सुचारु गर्न सकिएमा पोखरा लगाएत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धनमा कोषे ढुंगा साबित हुने लागाएत समसामयीक बिषयहरुमा आफ्ना जिज्ञासा एव राख्नु भएको थियो ।

सोहि छलफल कार्यक्रममा सोधिएका जिज्ञाशाहरुका बारेमा बिमान्स्थलका चार्टर एकाउन्टेन श्री सुरेश निरौला, राष्ट्रिय गौरब योजनाका लेखा प्रमुख श्री प्रमोद नेपाल, त्रिभुबन बिमानस्थल सुधार आयोजनाका लेखा अधिकृत श्री भरत अर्याल, पोखरा क्षेत्रिय बिमानस्थल आयोजनाका ईन्जीनियर मिनराज ओझाले टोलीले राखेका जिज्ञासाका बारेमा जानकारी गराउँदै बिमानस्थल निर्माणको हाल सम्मको प्रगति र कोभिड माहामारी जस्तै प्रतिकुल समय अब नबनेमा समयमै सम्पन्न हुने र सेवा सुचारुका सम्बन्धमा सम्बन्धित निकायहरुमा समन्वय र गृहकार्य भईरहेको, निर्माण कार्य सकिए लगतै हवाई सेवा सुचारु हुने त्यसका लागी नागरिक उड्डयन कार्यालयमा तयारी भईरहेको जानकारी गराउँनु भएको थियो ।

छलफल कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्नु हुदैं नाट्टा गण्डकी प्रदेशका पुर्व अध्यक्ष श्री पोम नारायण श्रेष्ठले बिमानस्थल सम्पन्न भए संगै अन्तराष्ट्रिय उडानका लागी बिदेशी हवाई कम्पनीहरुलाई उडान अनुमति दिन पहल गरिनु पर्ने, त्यसमा नाट्टा गण्डकी प्रदेशले समेत सम्बन्धित अन्तराष्ट्रिय हवाई कम्पनीहरु संग सहकार्य गर्न तयार रहेको बताउँनु भएको थियो । उक्त कार्यक्रम पश्चात टोली निर्माणधिन संरचना एवं रन वे को समेत अबलोकन गरिएको थियो। कार्यक्रममा सघंका पुर्व अध्यक्ष पोमनारायण श्रेष्ठ ज्यू ले विमानस्थलमा पुर्व जानकारी गराउनु भएको थियो । सघंका बिभिन्न उपकमिटिका सदस्य ज्यु हरुको पनि सक्रिय सहभागिता रहेको थियो ।
यहाँहरु सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नाट्टा परिवार पोखरा