प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिसँग छलफल।

प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिको पोखरा अन्तराष्ट्रिय एअरपोर्टको अनुगमन सम्बन्धमा भएको भ्रमणको अबसर पारी पर्यटकीय क्षेत्रमा बिध्यमान समस्या चुनौती, कोभिडका कारण व्यावसायी एवम् मजदुरहरुलाई परेका समस्या, पर्यटन प्रबर्द्धन, कानुन नबनेको कारण निति नियममा परेका समस्याहरु—विशेष गरि पर्यटन र यातायात ऐन, पर्यटन, संस्कृति तथा उड्डयन क्षेत्रमा संसदले दिने निकास, सरकारले ल्याएका कार्यक्रमहरुको कार्यान्वयन लगायत दिगो पर्यटनको विषयमा सान्दर्भिक छलफल भयो। 

व्यावसायीहरुको तर्फ बाट NATTA Gandaki का अध्यक्ष सन्जय कान्त सिग्देलले व्यावसायीका मुद्दा, ऐन, कानुन, प्रबर्द्धन, देश दर्शन कार्यक्रम, बजेटले समेटेका सुबिधाको कार्यान्वयन, अन्तराष्ट्रिय एअरपोर्टहरुको संचालन, पर्यटन बसपार्क, पर्यटकिय सबारी, २० बर्षे प्राबधान, अन्तराष्ट्रिय सबारी साधनहरु, असमान हबाइ भाडादर, अन्तरप्रदेश आन्तरिक पर्यटन, पर्यटकिय उपजहरुको संरक्षण, पर्यकिय पुर्बाधार, खेल, mice, शिक्षा, साहसिक गतिविधि लगायतका विषय उठान गर्नु भयो।

समितिको तर्फबाट सभापति मा. पबित्रा निरौला खरेल, भ्रमण संयोजक मा. दिब्यमणि राजभण्डारी, सदस्यहरु मा. मोहन बानियाँ, मा. सरला कुमारी यादव, मा. रेनुका गुरुङ , मा. दिपक प्रकाश भट्ट, मा. पुस्पा कुमारी कर्ण कायस्थले समस्या, सुझाव र व्यावसायीहरुलाई संरक्षण गर्ने कार्यक्रमहरुलाइ एकीकृत गरी सरकारलाई राय सुझाव दिने र कानुन निर्माणमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

व्यावसायीहरुको तर्फबाट टीका राम सापकोटा, बसन्त गौतम , बिकल तुलाचन, सुदिप गौतम, बिश्व शंकर पालिखे, तारा गौतम, तथा नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख दिपक राज जोशी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख काशी राज भण्डारी, नबिन पोख्रेल, पत्रकार माहासंघ कास्कीका पुर्ब अध्यक्ष बिश्व बास्तोला, PATA Nepal Chapter का कार्यकारी प्रमुखको उपस्थिति थियोे ।

कार्यक्रमका केहि झलक: