रक्तदान कार्यक्रम सम्पन्न।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) — गण्डकी प्रदेशको आयोजनामा यही पौष १२, २०७८ लेकसाईडको अम्बोटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।  कोभिड १९द्वारा सिर्जित बिश्व माहामारी प्रभाव एवम् अन्य कारणले रक्त सञ्चार केन्द्रहरुमा भएको रगतको अभावलाई मध्यजनर गर्दै संघको बार्षिक कार्यक्रमको रुपमा रहेको रक्तदान कार्यक्रम नव बर्ष सन् २०२२ तथा २३औं सडक महोत्सवको  पुर्व सन्ध्याको अबसरमा पौष १२ गते आयोजना गरिएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्माले आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा उपस्थित भई सफल पार्न सहयोग गर्नुहुने रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उहाँको टिम, नाट्टा गण्डकीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोला,  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नवीन पोखरेल, नाट्टा गण्डकीका सदस्यहरु, अन्य पर्यटन ब्यबसायी संस्थाका सदस्यहरु, बैदामबासी आम जनता तथा सुभेच्छुकहरु प्रति नाट्टा गण्डकी विशेष आभार प्रकट गर्दछ।

नाट्टा गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्दनमा भएको उक्त कार्य्रक्रममा सहभागी भई रक्तदान गर्नुहुने ५१ जना रक्तदातामा नाट्टा गण्डकी हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

सम्बन्धित समाचार:
https://mardinews.com/2021/12/29478/

कार्यक्रमका केही झलकहरु: