धार्मिक भ्रमण तथा न्यानो कपडा वितरण

 

हार्दिक धन्यवाद तथा विशेष आभार!

यही मिति २०७८/०९/१९ गते पौषे औंशीको अवसरमा, नाट्टा गण्डकी प्रदेशको आयोजनामा पोखरा – ३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराईएको छ। पोखरा गगनगौडा लामेआहल स्थित राधाकृष्ण बृद्धाश्रमका ५८ जना जेष्ठ बुवाआमाहरुलाइ न्यानो कपडा बितरण गरी उहाँहरुलाइ धार्मिक तिर्थस्थल स्याङ्जा चापाकोट केलादीघाटमा स्नान सहित धार्मिक भ्रमण गराईएको छ।

 

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले केलादीघाटको ऐतिहासिक र संस्कृतिक महत्वको बारेमा आफ्ना भनाई राख्नुभयो।

कार्यक्रममा उपस्थिति जनाई आफ्नातर्फबाट शुभेच्छा राख्नुहुने राधा दामोदर मन्दिर संचालक समितिका अध्यक्ष लेखनाथ बास्ताकोटी, समितिका सचिव घनश्याम खनाल, चापाकोट नगरपालिका – ६ का वडाअध्यक्ष एकदेव भट्टराई, वार्ड ७ का अध्यक्ष रविचन्द्र बस्ताकोटी, घिरिङ्ग गाउँपालिका – १का वडाध्यक्ष गङ्गाराम कुमाल, मन्दिर संचालक समितिका उपाध्यक्ष तीर्थराज अधिकारी लगाएत सम्पूर्ण गुरुहरु, बटुकहरु, कार्यक्रम संयोजक सुभास पाहारी सहित नाट्टा गण्डकीका सदस्यज्युहरु, प्रत्रकार ज्युहरु, जुझारु सामाजिक अभियन्ता बिश्वास पुरी, र सहभागी सम्पूर्णमा  बिशेष आभार व्यक्त गर्न चाहन्छौँ।

सम्बन्धित समाचार:

कार्यक्रमका केहि झलक: