स्वास्थ्योपचार सहुलियतका लागि सम्झौता

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेशसँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ ।    
    
पोखरा महानगरपालिका–९ स्थित मेडिट्रष्ट प्याथोलोजी प्रालि एवं पोखरा–५ स्थित रिजनल हस्पिटल प्रालि र नाट्टा गण्डकी प्रदेशबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र महासचिव कमला गिरी तथा मेडिट्रष्ट प्रालि एवं रिजनल हस्पिटलको तर्फबाट ट्रष्ट एवं हस्पिटलका अध्यक्ष डा जगतबहादुर खड्का, प्रबन्ध निर्देशक सुजन पराजुली, व्यवस्थापक अर्जुनप्रसाद शर्मा, सञ्चालक समिति सदस्य चन्द्रकान्त पौडेलले हस्ताक्षर गर्नुभएको छ।    
    
सम्झौतासँगै नाट्टा गण्डकीमा आवद्ध १८१ संस्थाका सदस्य, कर्मचारी र आश्रित परिवारका झण्डै एक हजार बढी व्यक्ति लाभान्वित हुने विश्वास गर्दछौं र सम्पूर्ण सदस्यज्युहरुलाई यस छुटको भरपुर उपयोग गर्ने आग्रह गर्दछौं।    
    
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्ष परिषद्का संयोजक ओमप्रकाश पाण्डे, निवर्तमान अध्यक्ष सन्तोष पोखरेल, मेडिट्रष्ट प्याथोलोजी र रिजनल हस्पिटल सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो । स्वास्थ्य परीक्षण गराउँदा विभिन्न शीर्षकमा छुट दिइने सम्झौतापत्रमा उल्लेख छ ।    

सम्बन्धित समाचार:

सम्झौतापत्रहरु:

कार्यक्रमका केहि झलक: