Destnation Promotion and Digital Marketing Training

नाट्टा गण्डकी प्रदेशको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा फाल्गुन ०८ र ०९ गते पर्वत जिल्लाको दुर्लुङकोटमा गन्तव्य पहिचान तथा प्रवर्द्वन कार्यक्रम तथा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका व्यबसायीहरुलाई Digital Marketing Training 2022 सफलता पुर्वक सम्पन्न भएको छ ।
 
दुई दिने कार्यक्रममा कुस्म नगरपालिका स्थित सताव्दी घर, दुर्लङकोट, पर्वतकै पर्यटनलाई उकासेको द क्लिपको बञ्जीजम्प, पर्वत–बागलुङका विभिन्न झोलुंगे पुल, धार्मिक महत्व बोकेको मोदीवेणी, बागलुङको कालिका भगवती मन्दिरको भ्रमण र सम्भावनालाई बुझ्दै पर्यटनका सरोकारवाला पोखरा आयौं।
 
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न बिषेश सहयोग गर्नु हुने बर्ष २०२०/२२ का तालिम संयोजक संगिता पौडेल, कार्यक्रम सम्पन्न गर्न गठित कमिटिका संयोजक एव सदस्यहरु, गण्डकी प्रदेशका पर्यटन मन्त्री माननिय मणिभद्र शर्मा, संघका पुर्व अध्यक्ष बासुदेब त्रिपाठी,केदारनाथ शर्मा, पोमनारायण श्रेष्ठ, सल्लाहकारहरु गणेश बहादुर भट्टराई, हर्क बहादुर गुरुङ्ग, नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य टिकाराम सापकोटा नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेशका बरिष्ट निर्देशक काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, नाट्टा केन्द्रका बरिष्ट उपाध्यक्ष बिनय बस्नेत, पर्यटकिय संघं संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, लगाएत रा.स.स. गण्डकी प्रदेश प्रमुख बासुदेब पौडेल, अनलाईन खबरका गण्डकी सम्बादाता अमृत सुबेदी लाई हार्दिक धन्यबाद दिन चाहन्छौ।
 
किशोर दाहाल
कार्यक्रम संयोजक एवम्
द्धितिय उपाध्यक्ष
नाट्टा गण्डकी प्रदेश
 
सम्बन्धित समाचार:
https://www.onlinekhabar.com/2022/02/1083881