CM of Madhesh Pradesh Lalbabu Raut inaugurates the new Pokhara-Janakpur flight by Buddha Air

🙏 हार्दिक आभार 🙏
 
गण्डकी प्रदेश सरकारको आयोजनामा मधेश प्रदेश सरकारका मुख्य मन्त्त्री लालबाबु राउतज्युको निमन्त्रणा एवं “नाट्टा मदेश प्रदेश र नाट्टा गण्डकी प्रदेश”को समन्वय र बुध्द एयर प्राःली को सहकार्यमा पोखरा- जनकपुर हवाई उडान शुभारम्भ गरि मधेस प्रदेशको राजधानी जनकपुर धाममा सद्भावना भ्रमण सम्पन्न भएको छ।
 
सोही अवसरमा अन्तर प्रदेश पर्यटन प्रवर्द्धनका लागि आयोजित अन्तर्कृया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु, अर्थमन्त्रीज्यु , उद्योग ,पर्यटन तथा बाणिज्य आपूर्ति मन्त्रीज्यु, प्रमुख सचीवज्यु सहित नाट्टा , पोखरा पर्यटन परिषद पोखरा उधोग बाणिज्य सघं पत्रकार ज्यु लगाएत को सहभागी रह्को कार्यक्रम सम्पन्न भएको छ ! उक्त भ्रमण मा जनकपुरको एयरपोर्ट देखि हेरेक गन्तब्य मा भब्य स्वागत तथा संमान गरिएको थियो!
 
मदेश प्रदेशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरु- जानकी मन्दिर, महागढिमाई मन्दिर , धनुषाधाम एवं नजिक रहेको संरक्षण सिम्सार क्षेत्र , जलेश्वर धाम, जनकपुर जयनगर रेल्वे स्टेशन , टुटेश्वर महादेव मन्दिर, पर्सा रास्ट्रिय निकुञ्ज , बागमती नुनथर, भरत ताल र मठियानी मुख्य मठ तथा ३०० बर्ष पुरानो शैक्षिक पाठशालाको भ्रमण सम्पन्न भएको छ।
 
यी महत्त्वपूर्ण धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा प्रदेश सरकारका माननीयज्युहरु, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिज्युहरु, पर्यटकीय स्थल ,मन्दिर ब्यवस्थापनका प्रमुखज्युहरु एवं स्थानीयहरुले स्वागत र सत्कार र आतिथ्यताले दुई प्रदेश विच को सम्बन्ध अझै मजबुद वनेको छ ।नाट्टा गण्डकी प्रदेश सबै प्रति हार्दिक आभार सहित बिषेश धन्यवाद व्यक्त गर्दछौ।
 
अन्तमा भ्रमण सफल बनाउन गण्डकी प्रदेश सरकार माननिय मुख्य मन्त्रि उहाको टीम, मदेश प्रदेश सरकारका मुख्यमन्त्रीज्यु र उहाँको सम्पुर्ण टिम, उद्योग पर्यटन तथा बन मन्त्रीज्यु र उहाँको सम्पुर्ण टिम सहित निजि पर्यटन सम्बद्ध सबै संघ सस्थाहरु प्रती बिशेश आभार प्रकट गर्दछौ।
 
तिनदिने सद्भावना भ्रमणको क्रममा खान पान बसाई , आतीथ्यता , प्रति गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री ज्युले मदेश प्रदेश भ्रमण सफल भएको प्रती खुसी व्यक्त गर्दै सरकारका तर्फबाट धन्यवाद सहित प्रशम्सा प्रमाणपत्र पर्यटन मन्त्रीज्युलाई हस्तान्तरण गर्नुभएको थियो।
 
गण्डकी प्रदेश का माननिय मुख्यमन्त्री सहित बिशिस्ट पाहुना सवार बुद्ध एयरको बिमानमा पानीको फोहरावृष्टि गरि स्वागत गरिएको तथा मदेशको पहिचान झल्कने पहिरन सहित होलिको रंग आदान प्रदान गरि सुखद बिदाई गरिएको थियो ! बुध्द एयर प्रा:ली , नाट्टा प्रदेश २ अध्यक्ष मोहन सर लगाएत सम्पूर्ण मा बिषेश आभार प्रकट गर्दछौ !!
 
अध्यक्ष
संजयकान्त सिग्देल
नाट्टा परीवार
गण्डकी प्रदेश

कार्यक्रमका केहि झलक: