Past Presidents Council Reform and Congratulation Program

१३ जेठ २०७९, शुक्रवार
May 27, 2022

मिति २०७९ जेष्ठ १३ गते सम्पन्न पुर्व अध्यक्षहरुको दोस्रो साधारण भेलाले आगामी बर्ष २०२२/२०२४ सम्मका लागी पुर्व अध्यक्ष परिषद नाट्टा गण्डकी प्रदेशको संयोजकमा श्री बासुदेब त्रिपाठी र सह संयोजकमा श्री सन्तोष पोखरेललाई चयन गरेको छ ।
 
पोखरा स्थित होटल ल्याण्डमार्कमा सम्पन्न भेलाबाट सर्वसम्बत रुपमा उहाँहरु निर्बिरोध निर्बाचित हुनु भएको हो । बर्तमान कार्यसमितिका अध्यक्ष पदेन सदस्य र संघका कार्यकारी प्रमुख सदस्य सचिव रहने उक्त कमिटीमा सम्पुर्ण पुर्व अध्यक्षहरु सदस्य रहने प्राबधान रहेको छ ।
 
उक्त भेलाको अबशरमा हालै सम्पन्न स्थानिय निर्बाचनमा पोखरा महानगरपालिका वडा नं ६ को वडा अध्यक्षमा संघका पुर्व अध्यक्ष बिष्णु बहादुर भट्टराई, वडा नं २१ को वडा अध्यक्षमा संघका साधारण सदस्य दिपक प्रसाद सुबेदी वडा नं २५ को वडा सदस्यमा संघका पुर्व महासचिव शुबाश भण्डारी, मादि गाँउपालिका वडा नं १२ को वडा सदस्यमा संघका साधारण सदस्य मिलन ढकाललाई
बधाई एवंम् शुभकामना प्रदान गरिएको थियो ।
 
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरीराम अधिकारी ज्यूको अध्यक्षता मा सम्पन्न कार्यक्रम संघका महासचिव संगिता पौडेले संचालन गर्नु भएको थियो ।

कार्यक्रमका केहि झलक: