बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध अन्तरक्रिया कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा शक्ति समुह काठमाडौंको सहयोगमा बाल संरक्षण तथा मानव बेचबिखन विरुद्धको सबाल सम्बन्धि अन्तर्कृया र छलफल कार्यक्रम सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरामा कृयाशिल पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, पर्यटन प्रहरी कास्कीका प्रमुख, सामुदायिक सेवाकेन्द्र बैदामका अध्यक्ष, नाट्टा गण्डकीका सदस्यहरुको उपस्थिति रहेको थियो।

लेकसाइड स्थित टीका रिसोर्टको सभाहलमा सम्पन्न कार्यक्रममा बिषयबस्तु माथि शक्ति समुहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, आज भदौ २९ गते बाल दिवस र यो बर्षको नारा “बाल मैत्री समाजको आधार:जिम्मेवार परिवार, उत्तरदायी सरकार” भएकोले पनि आज यो कार्यक्रम गर्नुपरेको शक्ति समुहको प्रोजेक्ट म्यानेजर नानू तामाङले बताउनुभयो।

नेपालमा चारसय भन्दा बढी बालगृहहरु रहेको र परिवार संगै रहेका बालबालिकाहरु लाई परिवार बाट छुट्ट्याएर बालगृहमा राखिएको र त्यस्ता बालबालिकाहरुको संख्या एघार हजार भन्दा बढी रहेको उहाँले जोड्नुभयो।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीको सभापतित्व मा भएको कार्यक्रमको संचालन महासचिव संगिता पौडेलले गर्नुभएको थियो।

कार्यक्रमका केहि झलक:

सम्बन्धित समाचार:

https://mardinews.com/2022/09/37963/
https://citypokhara.com/?p=4647