Pokhara - Nepal Tourism Promotion and Sales Mission in China

नाट्टा गण्डकी प्रदेश पोखरा

Pokhara – Nepal Tourism Promotion and Sales Mission in China

प्रेस विज्ञप्ति
मिति:  २०८१/०२/०३

आदरणीय संचारकर्मी मित्रहरु,
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी यस प्रदेशका ११ जिल्ला भित्रका टुर एण्ड ट्राभल व्यवसायी आवद्ध संस्था हो । संघले आफ्ना सदस्यहरुको हकहितका लागि मात्र नभएर व्यवसाय वृद्धि गर्न पोखरा एवं गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन गर्ने कार्यहरु गर्दै आएको छ । 

विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि प्रवद्र्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न गतिविधिसँगै विगतदेखि नै अन्तर्राष्ट्रियस्तरमा प्रमोसनल अभियान तथा विभिन्न प्रकारका सेल्स मिसनहरु आयोजना गर्दै आएको छ । संस्था मार्फत्यस्ता प्रमोसन तथा सेल्स मिसनलेपोखरा गण्डकी प्रदेश तथा नेपालको नै पर्यटनलाई विश्व बजारमा बजारिकरण गरी बाह्य पर्यटकको नेपाल आगमनमा वृद्धि गराउन विभिन्न प्रयासहरु गर्दै आइरहेका छौं । 

नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपले अहिले पोखराको पर्यटन सुस्ताइरहेको छ । नेपाल सँगै विश्वभर भई रहेका विभिन्न घटनाक्रमले गर्दा पोखरा र नेपालको लागि विदेशी पर्यटकको मुख्य सो्रत बजार छिमेकी देशहरु चिन र भारत नै हौ । संघले यस भन्दा अगाडि भारतका मुख्य शहरहरु पटना, बाराणासी, अयोध्या, गोरखपुर, सिलगुडीमा पोखरा र नेपालको पर्यटन प्रवद्र्धन गर्न Promotion Campaign, B2B र Sales Mission कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेका छौ । उक्त कार्यक्रमहरु सम्पन्न भए पश्चात पोखरामा भारतिय पर्यटकहरुको आगमन वृद्धि भएको समेत जानकारी गराउन चाहान्छौ । यहि मिति २०८०/१२/०४ गते पोखरा नेपालको राजधानी धोषणा भए सँगै पोखरामा पर्यटकहरु आगमन संख्या वृद्धि गर्न संघले २०८१ सालमा विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु गर्ने कार्ययोजना अनुरुप यहि मिति २०८१/०२/०३ गते देखि २०८१/०२/१० गते सम्म Pokhara – Nepal Tourism Promotion and Sales Mission in China कार्यक्रम गर्न लागिएको हो ।

उक्त कार्यक्रम अन्र्तगत चिनको ग्वान्तá प्रान्तको Guangzhou सहरमा जेठको ०३ गते देखि ०५ गते सम्म हुन गईरहेको Guangzhou International Travel Fair 2024, चिनको राजधानी
शहर Beijing मा नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली राजदुतावासको समन्वयमा Nepal Sales Mission and B2B कार्यक्रम गरि पोखरा र नेपालको पर्यटनको गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरिने साथै प्रवद्र्धनात्मक साम्रागीहरु प्रर्दशन एवं वितरण गरिनेछ र चिन सरकारको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालन गर्नका लागि व्यवसायीहरु र सम्बन्धित निकायहरु सँग छलफल गर्ने साथै चिनका मुख्य शहरहरुको भ्रमण गरि त्यहाँको आर्थिक र पर्यटन विकासको अवलोकन गरिनेछ । यस
कार्यक्रममा टुर एण्ड ट्राभल व्यवसायी, अन्य पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको सहभागिता रहनेछ ।


संगीता पौडेल
महासचिव